२०८३ साउन ९ शनिबार

बामदेब गौतम भन्छन्, ‘दैबलाई जितेको मान्छे हुँ, ओलीबाट बचाई देऊ प्रभू’

ई आर्थिक    बिहिबार, असोज ८ २०७७
34.3K
Shares
बामदेब गौतम भन्छन्, ‘दैबलाई जितेको मान्छे हुँ, ओलीबाट बचाई देऊ प्रभू’

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेब गौतमले आफूमाथि दैब लागेको नभई ओली लागेको बताएका छन् । सर्बोच्चको आदेशपछि भेट्न पुगेका उनी निकट नेता, कार्यकर्ताहरुसँगको कुराकानीमा गौतमले यस्तो बताएका हुन । गौतमले सर्बोच्चको आदेश अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निर्देशित रहेको पनि जानकारी गराएका थिए ।

‘मलाई पार्टीले मनोनित गर्ने निर्णय गरेलगत्तै मुद्धा हाल्ने तयारी छ भन्ने सुन्नमा आयो । पार्टी निर्णयलाई लामो समय तामेलीमा राखेर मुद्धा लेखिएको रहेछ ।’ गौतमको भनाई उदुत गर्दै उनी निकट कार्यकर्ताले भने ‘अदालतमा सबै मिलाई सकेपछि मात्र मलाई मनोनितको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको रहेछ ।’ गौतमले आफूले सपथ खाएर भैसेपाटीस्थित घर नुपुग्दै एक/दुई दिनभित्रै तपाईको बिरुद्धमा रिट पर्दैछ भन्ने जानकारी पाएको बताएका थिए । ‘यो सबै बालुवाटारकै बडाहाकिमको निर्देशनमा भएको हो ।’ गौतमलाई उदृत गर्दै उनी भन्छन् ‘यति कृतध्न छन् भन्ने मैले त कल्पनासमेत गरेको थिइँन ।’

गौतमले दैब लाग्नुभन्दा ओली लाग्नु कैयौ गुणा घातक हुने रहेछ भनेर सबैलाई सुनाएका थिए । ‘गाउँघरतिर दैब लाग्छ । दैब लाग्यो भने सबै सकिन्छ भन्थे । मलाई दैबको डर थिएन । दैबलाई मैले जित्दै यहाँसम्म आएँ । अहिले ओली लागे । ओली दैबभन्दा खतरनाक रहेछन् । टार्न सकिन ।’ अब नेकपामा ओली गुटबाहेककाले दैबसँग लड्छु, ओलीसँग बचाई देऊ प्रभु भन्नु पर्ने बेला आएजस्तो छ भनेर गौतमले सबैलाई हँसाएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन बुधबार गरेको सर्बोच्च अदालतको आदेशले उनी स्तब्ध बनेका छन् ।

सर्बोच्चको आदेशपछि झण्डै ३ घण्टासम्म प्रतिक्रियाबिहीन भएका गौतमले साँझतिर पार्टीनिकट केही कानुन ब्यबसायीसँग चासो राखेका थिए । कानुन ब्यबसायीहरुले साँसदभन्दा पनि मन्त्री हुने बाटो चाहि सर्बोच्चले रोक्न सक्ने बताएपछि गौतममा रातभर नै बेचैनी भएको पारिबारिक स्रोतले जानकारी दियो ।

‘हिजो राती उहाँ निकै ढिलो सुत्नुभयो । केही लेखेजस्तो गर्नुहुन्थ्यो भने केही गीतहरु पनि सुन्नुभयो । पानी र रातो चिया निकै पिउनुभयो । सायद सर्बोच्चको आदेशले उहाँलाई निकै तनाब दियो होला ।’ पारिबारिक स्रोतलाई उदृत गर्दै उनीनिकट एक कार्यकर्ताले भने ‘चुनाबको जित हार बिल्कुल प्राबिधिक बिषय थियो । तर सर्बोच्चले कुनै पनि ब्यक्तिको राजनीतिक योगदान, त्याग र समर्पणलाई चुनाबको जीत हारसँग मात्र जोडेर हे¥यो ।

’सर्बोच्चले प्रतिनिधिसभामा पराजित व्यक्तिलाई त्यही कार्यकालभित्र संघीय सांसद बनाउन मिल्ने र नमिल्नेबारे ‘गम्भीर संवैधानिक व्याख्या’ हुनुपर्ने आदेश गरेको थियो । सर्वोच्चले प्रारम्भिक रूपमा दुवै पक्षबीच छलफल नहुँदासम्म राष्ट्रिय सभामा मनोनीत गौतमलाई ‘थप संवैधानिक जिम्मेवारी दिने र लिने काम नगर्नू’ भनी आदेशसमेत जारी गरेको छ । ‘थप संवैधानिक जिम्मेवारी दिने र लिने काम नगर्नू’ भन्ने आदेशले यो रिटको किनारा नलागेसम्म मन्त्री हुनबाट बन्चित गरेको छ । यो आदेश त्यतिबेला भयो, जतिबेला सत्तारुढ दल नेकपा मन्त्रीपरिषद पुनर्गठनका लागि घनीभूत ढंगले गृहकार्यमा जुटिरहेको छ । कसलाई कुन मन्त्रालय दिने भन्ने सम्बन्धमा छलफल चलिरहेको बेला गौतमलाई मन्त्री दिने बारेमा सोच्नै नपर्ने भएको छ । आफूलाई मन्त्री हुनबाट छेक्नैका लागि बालुवाटारको योजनामा रिट परेको गौतमको बुझाई छ ।

महान्यायधिबक्ताले यसमा निकै सक्रियता रहेको गौतमले पहिले नै सूचना पाएका थिए । तर सुनाइएका कुरा सबै सत्य हुदैनन् भन्दै उनले त्यतातिर ध्यान दिएका दिएनन् । बरु उपप्रधानसहित अर्थमन्त्री बन्ने उनले सपना देखेका थिए । अर्थमन्त्रालय कसरी सन्चालन हुन्छ ? आर्थिक समृद्धिको लागि के–के गर्न सकिन्छ ?

नेपालको बिकासको मोडेल कस्तो हुने भन्दै उनी पार्टीनिकट र स्वतन्त्र अर्थशास्त्री तथा निजी क्षेत्रका बिज्ञसँग परामर्श गर्न थालेका थिए । सर्बोच्चको आदेशलाई अध्ययन गर्दा साँसद पद यथास्थितिमा राखे पनि मन्त्री हुने कुरामा भने प्रतिबन्ध लगाउने नै देखिन्छ । यसले गौतममा छटपटी बढाएको छ । उनी साँसदको लागि मात्र राष्ट्रिय सभामा जान खोजेका थिएनन् । छानेर मन्त्री हुने उनको योजना छ । यो कुरा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राम्रैसँग बुझेका छन् । गौतमको मन्त्री बन्ने बाटो खुला रहेसम्म आफूलाई सताउने ओलीको बुझाई छ । उनको महत्वाकाक्षा बढ्दै गए प्रधानमन्त्रीको गाथगद्धी समेत ताक्न सक्ने ओलीको बिश्लेषण देखिन्छ । यसका लागि अदालती प्रक्रियाबाटै बाटो बन्द गरिदिने ओलीको रणनीति देखिएको गौतम र उनी निकट नेताहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij