२०८३ साउन ९ शनिबार

सिन्धुपाल्चोकको बाह्रविसे घुम्थाङ पहिरोमा परी मृत्यु हुने ११ जनाको शब भेटियो, २० अझै बेपत्ता (सबैको नाम सहित)

ई आर्थिक    आइतबार, भाद्र २८ २०७७
9.5K
Shares
सिन्धुपाल्चोकको बाह्रविसे घुम्थाङ पहिरोमा परी मृत्यु हुने ११ जनाको शब भेटियो, २० अझै बेपत्ता  (सबैको नाम सहित)

ई–आर्थिक, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी मृत्यु हुने ११ जनाको शब फेला परेको छ । सो पहिरोमा परी ३१ बेपत्ता मध्ये २० को लाश र सास अझै पनि केहि भेटिएको छैन् । भेटिएको ११ शब मध्ये सात महिला र चार पुरुषको रहेको प्रहरीले जानकारी दिएको छ ।

फेला परेका शबमध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको रहेको छ ।

सो पहिरोमा परी अन्य २० जना अझै बेपत्ता नै छन् । घटनास्थलमा उनीहरुको खोजीकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।

सो पहिरोमा परी बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, कमठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij