ई–आर्थिक, वीरगन्ज : पर्सा जिल्लाको वीरगन्जका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो । गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका ती पुरुष ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत थिए ।
मृतक ६० वर्षीय ती पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका समेत रोगी थिए । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीरगञ्जमा मृत्यु भएका ती पुरुषसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्ने छ ।