इ-आर्थिक, काठमाडौं । कोरोना सङ्क्रमण बढ्दैगएपछी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उपत्यकामा खुल्ला स्थानमा मानिसहरू भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुसलगायत भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।
यस्तै जात्रा मनाउन पनि निषेध गरिएको छ भने कुनै पनि महोत्सवहरुको आयोजना गर्न पनि नपाइने भएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरुमाथि पनि निषेध लगाइएको छ ।
प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको छ ।
निशेष के–के मा ?
१. खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
२. भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्व सञ्चालन गर्न,
३. दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक गतिविधि,
४. उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप,
५. चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
६. शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
७. सबै प्रकारका सभा गोष्ठी तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
८. फुटपाथ, खुला ठाउँ र ठेला गाडा साइकल सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
९. उद्योग व्यवसाय सञ्चालका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न,
१०. टेक वे बाहेक होटल रेष्टुराँ सञ्चालन गर्न ।
कार्यालयले सार्वजनिक गरेको आदेश विपरीत गतिविधि भए स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार कारबाही हुने बताएका छन् प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।
कोरोना संक्रमण संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन भन्दै जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो । काठमाडौं जिल्लाभर लागू हुने यो आदेश शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि कार्यन्वयनमा आइसकेको छ ।
