२०८३ साउन ९ शनिबार

कोरोना संक्रमणबाट काठमाडौं र मोरङका एक/एकको मृत्यु

ई आर्थिक    बुधबार, साउन २८ २०७७
6K
Shares
कोरोना संक्रमणबाट काठमाडौं र मोरङका एक/एकको मृत्यु

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित काठमाडौं टेकुकी एक ७८ बर्षीय महिलाको मृत्यु भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उनको मृत्यु भएको हो । उनको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जानकारी दिएको छ । उनमा ज्वरो, पखाला र वान्ता आउने समस्या देखिएको थियो ।

यसैबीच मोरङका एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । ५५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार विहान मृत्यु भएको हो ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका स्थानीय बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij