२०८३ साउन ९ शनिबार

विद्यालय खोल्ने, हवाई सेवा र लामो दुरिका यात्रुवाहक वसको सेवा सञ्चालन अन्यौलमै

ई आर्थिक    सोमबार, साउन २६ २०७७
5.9K
Shares
विद्यालय खोल्ने, हवाई सेवा र लामो दुरिका यात्रुवाहक वसको सेवा सञ्चालन अन्यौलमै

ई–आर्थिक, काठमाडौं । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विद्यालय खोल्ने, हवाई सेवा सुरु गर्ने र लामो दुरिका यात्रुवाहक बस सेवा सञ्चालन गर्ने विषय थप अन्यौल भएको छ । मुलुकभर कोरोना भाइरसको संख्या बढिरहेपछि यो विषय अन्यौलमा परेको हो ।

विद्यालय, हवाई सेवा र लामो दुरिका यात्रुवाहक बस सञ्चालनको अन्तिम तयारी गरिरहेकै वेला संक्रमित र मृतकको संख्या धमाधम थपिन थालेपछि यो अवस्था आएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको छ ।

तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन नगर्ने र यो विषय असोज १ बाट गर्ने प्रस्ताव गरेको हो । यद्यपी यो समय पनि कोरोना संक्रमितको अवस्थालाई मध्यनजर गरेर थप निर्णय हुने भएको छ ।

सीसीएमसीको ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीले कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij