ई–आर्थिक, काठमाडौँ : कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा ४५ वर्षीय एकको मृत्यु भएको छ । कोरोना संक्रमित उनको बिहीवार साँझ मृत्यु भएको हो ।
वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार गराउँदा गराउँदै उनलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि उनलाई पाटन अस्पतालमा सारिएको थियो ।
ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग पाटन अस्पताल स्रोतले जानकारी दिएको छ । स्टार अस्पतालबाट उनलाई शनिबार मात्रै पाटन अस्पतालमा सारिएको अस्पताल स्रोतको भनाई छ ।