२०८३ साउन ९ शनिबार

सप्तरीमा कोरोना भाइरसका कारण एकैदिन तीनजनाको मृत्यु ! कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुग्ने

ई आर्थिक    बुधबार, साउन २१ २०७७
8.9K
Shares
सप्तरीमा कोरोना भाइरसका कारण एकैदिन तीनजनाको मृत्यु ! कोरोना संक्रमणका  कारण मृत्यु हुनेको संख्या ६१ पुग्ने

ई–आर्थिक, काठमाडौं । सप्तरीमा कोरोना भाइरसका कारण एकैदिन तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जनामा कोरोना भाइरस जस्तै लक्षण रहेको बताइएको छ । यद्यपी कोरोना भाइरसकै संक्रमणको कारण मृत्यु भएको हो या अन्य कारण पुष्टि हुन बाँकी रहेको छ ।
मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक ४५ वर्षीय पुरुष र अस्पतालमा उपचार गराउँदै गरेका अन्य दुई मध्ये १ ७४ बर्षिय र अर्का ७१ बर्षिय पुरुष रहेका छन् ।

जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियाका ती ४५ बर्षिय पुरुष सप्तरी डेढ् महिनाअघि मलेसियाबाट आएका थिए । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

त्यसैगरी कोरोना भाइरसकै जस्तै लक्षण भएका डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको मृत्यु भएको थियो । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका उनीहरुको मृत्यु भएको हो । उनीहरुमा पनि श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच स्वाब संकलन गरी कोरोनाका कारण मृत्यु भए नभएको पुष्टि गरिने भएको छ । रुपनी गाउँपालिका ५ का मृतक ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको बताइएको छ ।

कोरोना संक्रमणका कारण यी तीनको मृत्यु पुष्टि भएमा नेपालमा संक्रमित मृतकको संख्या ६२ पुग्नेछ । यसअघि ५८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने पर्सामा मृत्यु भएकी एक १८ बर्षिय युवतीको पनि मृत्यु पुष्टिको क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij