२०८३ साउन ९ शनिबार

उदयपुरको बेलका नगरपालिका तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १० बढी घाइते ( भिडियो सहित )

ई आर्थिक    आइतबार, साउन १८ २०७७
10.5K
Shares
उदयपुरको बेलका नगरपालिका तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १० बढी घाइते ( भिडियो सहित )

ई–आर्थिक, काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगरपालिका नै पुरै तनावग्रस्त बनेको छ। उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछी उक्त तनाब स्रिजना भएको हो ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

साउनकाे पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरप्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गरेकी थिइन् ।

पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेकी थिइन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij


Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/sites/28a/9/9b3bd9b59e/public_html/wp-includes/functions.php on line 6170