२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १८ हजार ७५२ पुग्याे

ई आर्थिक    सोमबार, साउन १२ २०७७
4.9K
Shares
नेपालमा कोरोना : थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १८ हजार ७५२ पुग्याे

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका १३९ जना नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १३९ जना नयाँ संक्रमित फेला परेको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा. डा. जागेश्वर गाैतमले बताए ।

आज संक्रमित हुनेमा सप्तरी २१, सिरहा १, धनुषा १०, महोत्तरी १०, पर्सा २०, काभ्रेपलाञ्चोक १, ललितपुर ३, काठमाडौँ ३, कास्की ३, बाँके १, रुपन्देही १, सुर्खेत १, दैलेख २८, सल्यान २, बैतडी ४ जना रहेका छन्।

यस्तै, विगत २४ घण्टामा सोमबार थप ६२५ जना डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज संख्या १३ हजार ७५४ पुगेकाे छ ।

त्यस्तै आज कोरोनाका कारण भारतीय नागारिक सहित तीन जनाको मृत्यु भएको छ। यस सँगै मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij