२०८३ साउन ९ शनिबार

मुलुकलाई नीतिगत भ्रष्टाचारले गाँजिरहेको बेला प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५५ करोड रुपैयाँ !

ई आर्थिक    मंगलबार, असार ३० २०७७
21.7K
Shares
मुलुकलाई नीतिगत भ्रष्टाचारले गाँजिरहेको बेला प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५५ करोड रुपैयाँ !

ई–आर्थिक, काठमाडौं । यतिबेला मुलुकलाई नीतिगत भ्रष्टाचारले गाँजेको समाचारसँग दिनहुँ जनताले साक्षात्कार गरिरहनु परेको छ । मन्त्री परिषदले गर्ने हरेक निर्णय बिबादास्पद देखिएका छन् ।

आर्थिक मामिलासँग जोडिएका दर्जनौ नीतिगत निर्णय यतिबेला स्वतन्त्र छानबिनको दायरामा आएका छन् । संसदीय समितिहरुलाई सरकारका यस्ता बिबादास्पद निर्णयमाथि छलफल गरेरै फुर्सद छैन ।

यति होल्डिङ् प्रालि, ओम्नी समूह, हिमालयन एयरलाइन्सलगायतका कम्पनीहरुलाई पोस्न केपी शर्मा ओलीको नेत्तृत्वको सरकारले कुनै कसर बाँकी राखेको छैन । राज्यको सम्पत्ति कौडीको भाउमा लिजमा दिनेदेखि लिएर अपारदर्शी खरिद प्रक्रियासम्म अपनाउन गरिएका नीतिगत ब्यबस्थाले आम जनताको मन नै सिरिङ्ग पारेको छ । यस्ता हरेक प्रकरणमा प्रधानमन्त्री ओली जोडिएर आउने गरेका छन् ।

किनभने नीतिगत निर्णय गरेर राज्यको सम्पत्ति कौडीको भाउमा सुम्पिएका निजी कम्पनी ओलीका भित्रिएका रुपमा परिचित छन् । प्रधानमन्त्री ओलीका एकदमै भित्रियाका रुपमा परिचित गोकुल बाँस्कोटा ७० करोड बार्गेनिङ गरिरहेको टेप सार्बजनिक भएपछि राजीनामा गरेको ४ महिना मात्र बितेको छ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि भनेर स्वास्थ्य उपकरण खरिद गर्दा मच्चाइएको ब्रम्हलुटले गणतन्त्रान्त्रिक ब्यबस्था र राजनीतिक पार्टीहरुलाई नै बद्नाम गरायो । यि सबै प्रकरणमा प्रधानमन्त्री ओलीले छानबिन गर्ने अधिकार पाएको निकाय र न्यायलयभन्दा निकै अघि बढेर कहीकतै अनियमितता नभएको भन्दै आरोपितलाई सुनपानी छर्किरहेकोमा दुनियाँ चकित परेको थियो ।

यही बेला प्रधानमन्त्री ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंकको खातामा करोडौं रकम रहेको तथ्य सार्बजनिक भएको छ । ग्लोबल वाच एनलाइसिसले यस्तो तथ्य सार्वजनिक गरेको हो । उक्त संस्थाले प्रतिवेदन सार्बजनिक गर्दै नेपालका प्रधानमन्त्री ओलीको उक्त रकमको स्रोत पनि खोलेको छ ।

प्रतिबेदन अनुसार सो रकम उनलाई चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिइरहेको प्रतिबेदनको दाबी छ । यसबाट प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार गरेका हुन ।

ओलीको बैंक खाता जेनेभास्थित मिराबाउड बैंकको शाखामा रहेको उल्लेख छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको देखाएका छन् । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।

ओली र चीनको सम्बन्ध उनी पहिलो पटक प्रधानमन्त्री भएदेखि सुमधुर भएको उल्लेख गर्दै प्रतिबेदनले नेपालका लागि चिनिका पूर्ब राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गराएको बताइएको छ । उक्त कम्पनीमा लगानी गर्ने सम्बन्धमा भएको सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको दाबी गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन भएको पनि प्रतिबेदनले दाबी गरेको छ । यस्तो गतिविधि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको उल्लेख छ । चिनियाँ नेताहरूसँग यसरी नजिकिएका प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ ।

डिसेम्बर २०१८मा डिजिटल एक्शन रुमको परियोजना चिनियाँ कम्पनी हुवावेइलाई बिना कुनै प्रतिस्पर्धा दिएको पनि उल्लेख छ । यो काम गर्न सक्षम नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई यो परियोजनाबाट अलग पारिएको दाबी समेत छ । प्रतिबेदनले प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरालाई समेत मुछ्दै उनकै लागि यो सम्झौता गरिएको बताएको छ ।

न्युज अफ नेपाल डट कमका अनुसार मे २०१९मा गरिएको नेपाल टेलिकमले हङकङस्थित चाइना कम्युनिकेशन सर्भिससँगको सम्झौता चीनको टेलिकम उपकरण बाउन कम्पनी जेडटीईसँग फोर जी सम्बन्धी सम्झौता भएको प्रतिबेदनको भनाई छ । यो परियोजना १९ अर्ब नेपाली रुपैया बराबरको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij