२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

ई आर्थिक    शुक्रबार, असार १९ २०७७
5.1K
Shares
नेपालमा कोरोना : थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

ई-आर्थिक, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ७४० जना कोरोना संक्रमित थपिएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् । कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९ जना, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् ।

त्यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । पार्किङ्सन्स रोगबाट पीडित पुरुषकाे छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij