२०८३ साउन ९ शनिबार

दुबईबाट स्वदेश फर्किए १५१ जना नेपाली, कोरोना भाइरस देखिएका ३ जनाको रोकियो उडान

ई आर्थिक    आइतबार, असार ७ २०७७
14.7K
Shares
दुबईबाट स्वदेश फर्किए १५१ जना नेपाली, कोरोना भाइरस देखिएका ३ जनाको रोकियो उडान

ई–आर्थिक, काठमाडौं । दुबईबाट १५१ जना नेपाल स्वदेश फर्किएका छन् । हिमालय एयरलाइन्सको एच–९ ५६७२ नम्बरको उडानबाट उनीहरु स्वदेश फर्किएका हुन । सो विमानमा २ जना बच्चा सहित २६ जना महिला र १ सय २३ जना पुरुषहरु रहेका छन् ।

आज स्वदेश फर्किनेहरुमा जेष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेको दूतावासले जानकारी दिएको छ ।

स्वदेश फर्कने यात्रुको विदाईका लागि दुतावासका तर्फबाट श्रम काउन्सुलर निर्मला थापा, श्रमसहचारी मोतीराम भुषाल र जनसम्पर्क अधिकृत इरफान आलम विमानस्थल पुगेका थिए ।

यस्तै आबुधाबी राहत टिमका तर्फबाट कृष्ण गौतम लगायत सामाजिक संस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । संस्थाका प्रतिनिधिहरुले यात्रुहरुको स्वास्थ्य परीक्षण र अन्य काममा सहजीकरण गरेका थिए ।

युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो । ३ वटा उडान अनुमति पाएको एयरलाइन्सले २४ जुनमा दोस्रो र २५ जुनमा तेस्रो उडान भर्ने छ ।

यसैबीच स्वदेश फर्कने सबै यात्रुको विमानस्थलमा कोरोना परीक्षण गराइएको छ । युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गराएको थियो । परीक्षण गराइएकामध्ये ३ जनाको रिपोर्टमा कोभिड पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमा स्वदेश फर्काइने हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij