हिमाली जिल्ला मनाङमा पहिलो पटक संक्रमण पुष्टि
ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विस्तारै कब्जा जमाउँदै गएको छ । संक्रमण नपुगेको जिल्लामा समेत कोरोनाले उपस्थिति जनाइसकेको छ । यसैक्रममा कोरोना भाइरस संक्रमण रहित हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमित भेटिएका छ ।
कपिलवस्तु बाणगंगा–१४ मा स्थायी घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय एक पुरुषमा कोरोनाको संक्रमण भेटिएपछि मनाङ जिल्ला पनि कोरोना संक्रमणसहितको जिल्लामा दर्ज भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।
मनाङमा संक्रमण भेटिएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको जिल्ला ७४ पुगेको छ ।
नेपालमा अहिलसम्म संक्रमण नभेटिएको जिल्लामा तीनवटा रहेको छ । प्रदेश १ को ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।