ई-आर्थिक, काठमाडौं। आइतबार नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा जनाएको हो। योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ ।
संक्रमितहरु मोरंगका २५ पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष, सप्तरीका एक महिला, नौ पुरुष,पर्साका तीन महिला र १४ पुरुष, बाराका ९ पुरुष, रौतहटका ७ जना पुरुष रहेका छन् । यस्तै बझांगका दुई महिला र तीन पुरुष, डडेलधुराका दुई महिला र २२ पुरुष, कन्चनपुरका तीन महिला र १७ जना पुरुष, डोटीका एक महिला र दुई पुरुष, कैलालीका एक महिला र ११ पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।
बर्दियाका एक महिला र दुई पुरुष, बाँकेका तीन पुरुष, रुकुमका एक पुरुष, प्युठानका दुई पुरुष, दांगका १३ महिला र ४१ पुरुष, धनुषाका एक पुरुष तथा रामेछापका दुई पुरुषमा पनि कारोना संक्रमणको पुष्टि भएके हो ।
त्यसैगरी आइतबार थपिएका संक्रमितहरु गुल्मीका एक महिला र सात पुरुष, नवलपरासीका चार पुरुष, पाल्पाका एक महिला र १६ पुरुष,सुर्खेतका ६ महिला र ३४ पुरुष, दैलेखका ४ महिला र २५ पुरुष, सिन्धुलीका एक पुरुष, धादिंगका ६ महिला र १९ पुरुष, रौतहटका तीन महिला र ६६ पुरुष , रुपन्देहीका दुई महिला र २४ पुरुष , सर्लाहीका ६ पुरुष रहेका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या पाँच हजार सात सय ६० मध्ये चार सय ३६ महिला र पाँच हजार तीन सय २४ पुरुष रहेका छन् ।
त्यसैगरी आज ६१ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज संख्या नौ सय ७४ पुगेको छ। जसमध्ये ९७ महिला हुन् भने बाँकी पुरुष हुन्।
त्यसैगरी आज क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।