२०८३ साउन ९ शनिबार

आजपनि कारोना संक्रमित बढ्ने, कर्णालीमा १६ थपिए जना कोरोना संक्रमित

ई आर्थिक    बुधबार, जेष्ठ २१ २०७७
5.1K
Shares
आजपनि कारोना संक्रमित बढ्ने, कर्णालीमा १६ थपिए जना कोरोना संक्रमित

ई–आर्थिक, सुर्खेत । कोरोना भाइरसका संक्रमित आज पनि उल्लेख्य बढ्ने अनुमान गरिएको छ । आज बुधबार कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमित १६ मध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । त्यस्तै कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका–४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको हो ।

पछिल्लो समयमा देखिएका १६ संक्रमितसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । कर्णालीको जिल्लागत मध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाले दैलेखमा एक जनाको ज्यान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij