ई-आर्थिक, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनदिनै बढ्दै गएको कारण थप सावधानी अप्नाउन लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।
असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।