२०८३ साउन ९ शनिबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

ई आर्थिक    बिहिबार, जेष्ठ ८ २०७७
7.5K
Shares
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विज्ञप्ति मार्फत उनको आज विहान निधन भएको पुष्टि गरेको छ ।

उनको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुत्यु हुनेकाे सङ्ख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

शिक्षण पेशामा रहेका उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थि। उनको २ गते स्वाब परीक्षणमा कोरोना सङ्क्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

अस्पतालमा उपचार रहेकै बेला यस अघि उनको मृत्यु भएको भन्दै अफवाह फैलिएपछि अस्पतालले दुई पटकसम्म विज्ञप्ती निकाल्दै उपचार भइरहेको जनाएको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij