२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

ई आर्थिक    मंगलबार, जेष्ठ ६ २०७७
4.1K
Shares
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २७ जना सङ्क्रमित भए सँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयले जनाएको छ । संक्रमितमा २४ पुरुष र ३ महिलालाई रहेका छन् ।

काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, सुनसरी १, रामेछाप १, मकवानपुर १ , सिन्धुली १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित भएका छन् । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै २० हजार २३६ वटा आरडीटी र एक हजार १९ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij