२०८३ साउन ९ शनिबार

एकैदिन ८० जना थपिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०७७
5.7K
Shares
एकैदिन ८० जना थपिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

ई-आर्थिक, काठमाडौं । भर्खरै प्राप्त सुचना अनुसार नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा कोरोना संक्रमित भेटिए सँगै संक्रमित संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु धनुषा निवासी २ जना पुरुष, खोटाङका एक जना पुरुष, बाँकेका १२ जना पुरुषहरु, दैलेखका एक जना पुरुष, सुन्सरीका एक पुरुष र झापाका पनि एक पुरुष रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यसअघि सोमबार विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ संक्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । दिउँसो नै बाँकेको नरैनापुरमा ४६ जना पुरुष र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा स‌ंक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । सोमबार मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij