२०८३ साउन ९ शनिबार

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने, देश नै लागेपछि जस्ट साम भइन् अमेरिकन आइडल

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०७७
10.2K
Shares
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने, देश नै लागेपछि जस्ट साम भइन् अमेरिकन आइडल

ई–आर्थिक, काठमाडौं । अर्थर गन उपनामले चिनिने नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । अन्तिम अवस्था सम्म प्रतिस्पर्धीलाई चुनौति दिइरहेको पोखरेलले अमेरिकन आइडलको उपाधि जित्न भने असफल भएका छन् । तथापी यो ‘परफरमेन्स’ बाट उनले आम नेपालीका साथै शुभचिन्तकहरूबाट राम्रो प्रसंशा बटुलेका छन् ।

पोखरेलको परफरमेन्सबाट उत्साहित निर्णायकहरुले समेत उनलाई उपाधिका प्रवल दाबेदारको रुपमा हेरेका थिए । तर फाइनल राउण्डका क्रममा भोटिङका आधारमा वास्तविक नाम समन्था डियाज भएकी जस्ट साम अमेरिकन आइडल बनेकी छन् । लाइवेरियाकी अश्वेत नागरिक उनलाई जिताउन लाइबेरियाले अभियानले चालेको थियो ।

देश नै उनको अभियानमा लागेपछि उत्कृष्ट गायन प्रतिभा भए पोखरेलले उत्कृष्ट दोस्रोमा चित्त बुझाउनु प¥यो । नेपालीहरुको शिर उच्च राख्दै उनी पहिलोपटक फाइनलमा पुग्न सफल भएका छन् ।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश पोखरेल सन् २०१४ देखि नै अमेरिकामा बस्दै आएका छन् । उनी परिवारसहित अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij