२०८३ साउन ९ शनिबार

कोरोनाबाट नेपालमा पहिलो मृत्यु, धुलिखेलमा सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टी

ई आर्थिक    शनिबार, जेष्ठ ३ २०७७
8.9K
Shares
कोरोनाबाट नेपालमा पहिलो मृत्यु, धुलिखेलमा सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टी

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोनाबाट एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टी गरेको छ।

सिन्धुपाल्चोक निबासी २९ वर्षीय सुत्केरी महिला कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो । मृतक महिलाको सुरुमा आरडीटी पोजिटिभ आएपछी पीसीआर गर्दा पनि पोजिटिभ आएको हो। उनको बिहीबार राति मृत्यु भएको हो।

कोरोना भाइरसको कारण मृत्यु हुने नेपालमा उनि पहिलो हुन् । वैशाख २३ गते शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचारका लागी आउदै गर्दा मृत्यु भएको हो।

यसैबीच पछिल्लाे काेराेना परीक्षणमा थप मृतक महिलाबाहेक थप २ जनामा काेराेना पुष्टि भएकाे छ । सङ्क्रमित दुवै धनुषानिवासी २० र ६५ वर्षीय पुरूष भएको मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij