ई-आर्थिक, काठमाडौं । नेपालमा थप नौ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ ।
शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं र भेरी अस्पतालमा गरिएको जाचमा थप नौ जना नयाँ कोरोना संक्रमित थपिएको पुष्टि गरेको जनाएको छ।
संक्रमण पुष्टि भएकाहरुमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
