२०८३ साउन ९ शनिबार

लकडाउन अझै कडाई गर्दै बढाइने, जनजीवन थप कष्टकर बन्ने

ई आर्थिक    बुधबार, बैशाख २४ २०७७
6.4K
Shares
लकडाउन अझै कडाई गर्दै बढाइने, जनजीवन थप कष्टकर बन्ने

ई–आर्थिक, काठमाडौँ : कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्न नदिन बैशाख २५ गतेसम्म गरिएको लकडाउन अझै लम्बिने भएको छ । भाइरस संक्रमण बढिरहेको र उच्च जोखिम नघटेको भन्दै सरकारले लकडाउन बढाउने तयारी गरेको हो । लकडाउनको डेढ महिना अवधि बितिसक्दा समेत संक्रमितको संख्या घटेको छैन । संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको स्रोतले जानकारी दिएको छ ।

चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् । यो संख्या अझै बढ्ने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकालेको थियो ।

लामो समय गरिएको लकडाउन अझ लम्बिने भएपछि जनजीवन भने थप कष्टकर बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij