२०८३ साउन ९ शनिबार

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा तीन दिन कर्फ्यु लागु

ई आर्थिक    सोमबार, बैशाख २२ २०७७
7.1K
Shares
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा तीन दिन कर्फ्यु लागु

ई-आर्थिक, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि पूर्ण निषेधित क्षेत्र (कर्फ्यु) लागु गर्ने घोषणा गरेको छ।

सोमबार नेपालगञ्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकले मंगलवार बिहानदेखि बिहीवार मध्यरातसम्म अर्थात बैशाख २३ गते बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातीसम्म निषेधित क्षेत्र घोषणा गरेको हो। सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ ।

बैठकले उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर अर्को सूचना जारी नभएसम्मका लागि रानी तलाउ सब्जी मण्डी लगायत सबै तरकारी मण्डी पनि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

यसका साथसाथै अझै पनि कोही विदेश वा भारतबाट आएका मानिसहरु कसैको घरमा वा जानकारीमा छन् भने त्यसको जानकारी गराउन निर्देशन दिदै नगराउनेलाई कडा कारवाही गरिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij