२०८३ साउन ९ शनिबार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १५ भेटिए

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
7.2K
Shares
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १५ भेटिए

ई-आर्थिक, काठमाडौं। नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। नेपालगञ्जमा आजै (आइतबार) यसअघि नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। यो सँगै आज मात्रै थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij