२०८३ साउन ९ शनिबार

अनामनगर–देबीनगरमा प्रहरीको ‘लकडाउन अपरेशन’ : कसैले गरे प्रहरीसमक्ष आत्मसमर्पण, कोही भने भागाभाग (भिडियो सहित)

ई आर्थिक    सोमबार, चैत्र १७ २०७६
11.7K
Shares
अनामनगर–देबीनगरमा प्रहरीको ‘लकडाउन अपरेशन’ : कसैले गरे प्रहरीसमक्ष आत्मसमर्पण, कोही भने भागाभाग (भिडियो सहित)

ई–आर्थिक, काठमाडौं । साँझ हुदै थियो । तरकारी र खाद्यन्नलगायत अति आवश्यक सामाग्री किनमेल गर्न सर्वसाधारण फाट्टफुट्ट वाहिर निस्कन थालेका थिए । कोही दिनभरको घर बसाई पछि फ्रेस हावा खान भन्दै सडकमा निस्किरहेका थिए । कोही सामान किनमेल गरेर घर फर्कदै थिए भने कोही किनमेल गर्न गइरहेको जस्तो देखिन्थे ।

त्यसैसमयमा अनामनगर–देवीनगर जोड्ने पुलको ८ जनाको प्रहरी टोली आइपुग्यो । प्रहरीको गाडी देख्ने वित्तिकै कोही भाग्न थाले भने कोही प्रहरी समक्ष आत्म समर्पण गर्न थाले । बाहिर निस्किनुको कारण बुझेर विशेष परिस्थिति वाहेकका करिब १ दर्जन जति सर्वसाधारणलाई प्रहरीले कारवाही गरेको छ ।

सड्कमै राखेर केही समय कारवाही गरेपछि उनीहरुलाई छाडिएको थियो । कारवाही सँगै प्रहरीले उनीहरुलाई अबदेखि बाहिर ननिस्कन चेतावनी सहित छाडेको थियो ।

सिंहदरबार प्रहरी प्रभाग प्रमुख डिएसपी हरिबहादुर बस्नेतको नतृत्वमा आएको टोलीले सो क्षेत्रमा करिब १ घण्टा अपरेशन चलाएको थियो ।

भिडियो

भिडियोको प्राविधिक काम भइरहेको छ केही समय धैर्य गरिदिनु होला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij