ई आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसको चौथो संक्रमित उपत्यका बाहिर भेटिएका छन् । शुक्रबार धनगढीमा चौथो संक्रमित भेटिएको पुष्टि भएको हो ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन्।
३४ वर्षिय ति युवकको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।