२०८३ साउन ९ शनिबार

अघिल्लो वर्ष दशैंको घटना विर्साउने अर्को घटना, धनुषामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु

ई आर्थिक    शुक्रबार, फाल्गुन ३० २०७६
5.1K
Shares
अघिल्लो वर्ष दशैंको घटना विर्साउने अर्को घटना, धनुषामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु

ई–आर्थिक, काठमाडौं : अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको घटना विर्साउने गरी फेरि अर्को दुर्घटना भएको छ । घटना हो धनुषा क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीको । उक्त स्थानमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो ।

होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जानकारी दिएको छ । मृत्यु हुनेहरु सबै क्षिरेश्वरनाथ नगरपालिका–२ का रहेका छन् । स्थानी रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको प्रहरीले जानकारी दिएको छ । मदिरा उत्पादन, सेवनको विषयलाई लिएर अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij