२०८३ साउन ९ शनिबार

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भोली पुनः नियुक्त हुने !

ई आर्थिक    मंगलबार, फाल्गुन २० २०७६
6.3K
Shares
अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भोली पुनः नियुक्त हुने !

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपरान्ह मन्त्री खतिवडाले पदबाट राजीनामा दिएका हुन्।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् । राजीनामा दिनुअघि मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

राष्ट्रियसभामा डा. खतिवाडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये राष्ट्रपतिबाट मनोनित खतिवडा पनि एक हुन्।

कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन्। तर, धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने भएका छन्। यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij