ई–आर्थिक, १८ मंसिर, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् । ४० हजार रुपैयाँ घुस रकम सहित उनीहरुलाई अख्तियार टोलिले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उक्त कार्यालयका नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम रहेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए ।
उनले करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनिएको थियो । त्यही उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले उनीहरुलाई अख्तियारले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।