२०८३ साउन ९ शनिबार

‘नेपालका लागि नेपाली’ अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

ई आर्थिक    शनिबार, असोज ११ २०७६
5.9K
Shares
‘नेपालका लागि नेपाली’ अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

चितवन । भ्रष्टचारको विरुद्धमा देशव्यापी कार्यक्रम गर्दै हिडेका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता उनलाई दिउसो चितवन कुटिएको हो ।

यो अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो । सोही क्रममा उनी चितवनमा थिए ।
प्रहरीले उनलाई उद्दार गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरु कार्यक्रमस्थलमा जाँदै गर्दा उनीमाथि खनिएका थिए ।

‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम ती विद्यार्थीहरुले कुटपिट गर्नुका साथै सभा विथालेका थिए । चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि निर्घात कुटपिट भएको थियो । उत्तेजित उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेका छन ।

वाहिर चोट पटक नदेखिएपनि भित्रि चोट हुन सक्ने प्रहरीको अनुमान छ ।

शाहीप्रति रुष्ट सत्तारूढ दल निकट युवा विद्यार्थी विद्यार्थीले उनलाई कार्यक्रम गर्न नदिने बताउँदै आएका छन्।
घटनामा संलग्न भएको आशंकामा एक जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij