२०८३ साउन ९ शनिबार

सुडान घोटाला काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ परे

ई आर्थिक    शुक्रबार, भाद्र १३ २०७६
7.1K
Shares
सुडान घोटाला काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ परे

ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती पक्राउ परेका छन् ।

उनलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनी निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक हुन ।

भारती ती सामान उपलब्ध गराउने अन्तर्राष्ट्रिय सप्लायर्सका नेपाली एजेन्ट थिए ।

त्यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।
सुडानको डाफरमा शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीको बन्दोवस्तीको सामाना (एपीसी) खरिदमा करोडौं भ्रष्टाचार भएको थियो ।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो ।

उनीहरु तीनैजना महानिरीक्षकहरुले जेल सजाय भोगिसकेका छन् ।

यो घोटालालाई बहुचर्चित र ठूलो घोटालाको रुपमा लिइएको छ । सर्वोच्च अदालतले २०६४ को बहुचर्चित यो घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij