भुवन पौडेल  शुक्रवार, पुष ६, २०७५ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बहुचर्चित पोलिमर नोट छपाइ प्रकरणमा अनियमितता भएको दावी गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तिलक रावलसहित तीन उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूलाइए जनही ९१ लाख रुपैयाँका दरले बिगोसहित सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अख्तियारको दाबी छ । गुणस्तरहीन नोट छपाइ भएको र नोट प्रिन्टिङ कम्पनीसँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको आयोगले जनाएको छ ।

गुणस्तरहीन नोट छपाइ भएको भन्ने उजुरीमाथि आयोगबाट अनुसन्धान हुँदा बोलपत्र हुनुपूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रको मस्यौदा लिने काम गरेको खुल्न आएको छ । यस्तै, केन्द्रीय बैंक सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको पाइएको आयोगले जनाएको छ ।

नोट छपाइका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्रपूर्व नोट डिजाइन गर्न लगाइएको समेत खुल्न आएको आयोगले जनाएको छ । बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने तथा परल मूल्य प्रतिहजार अष्ट्रेलियन डलर ६८ बाट ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरिएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा नेपाल राष्ट्र बैंक तथा नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरू र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराइ नोक्सानी पु-याएको आयोगले आरोप लगाएको छ । संलग्न अधिकारीहरूले आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको अध्ययनले पुष्टि गरेको हुनाले सजायको मागदावी गर्दै विशेष अदालमा पेश गरेको हो ।

कारोबारबाट