२०८३ साउन ९ शनिबार

बैंकका कर्मचारी घरमै पुगेर बृद्धभत्ता बाँडे

ई आर्थिक    आइतबार, कार्तिक ४ २०७५
2.1K
Shares
बैंकका कर्मचारी घरमै पुगेर बृद्धभत्ता बाँडे

दमौलीको प्रभु बैंकले दसैंको बेला बृद्धभत्ताको रकम घरमै पुगेर वितरण गरिदिएको छ । यसअघि बृद्धभत्ता लिन घण्टौं लाईन बस्नुपर्ने हुँदा बैंकको आलोचना हुन्थ्यो ।

‘सधैं बैंकमा लाइन लगाएर भत्ता दिनुपर्दा हामीलाई पनि अप्ठेरो लागेको थियो,’ शाखा प्रबन्धक राजु रानाले भने, ‘त्यसैले यसपल्ट अन्य शाखाबाट स्टाफ मगाएरै भए पनि घरमै पुगेर भत्ता बाँडेका छौँ ।’

बैंकले व्यास नरपालिकाका ३, ४, ५ र १० नम्बर वडाका सेवाग्राहीलाई घरमै पुगेर भत्ता वितरण गरेको हो । मंगलबारदेखि शनिबारसम्म सबैलाई भत्ता बाँडिसकेको शाखा प्रबन्धक रानाले बताए । यसपटक घरमै भत्ता बुझ्नेमध्ये व्यास ५ का ७२ वर्षीय सेवाग्राही मणिलाल श्रेष्ठले घरमै बैंक आउँदा त दसैंको उपहार नै पाएजस्तो महसुश गरेको प्रतिक्रिया दिए ।

बृद्धबृद्धाका लागि एउटा मात्र काउण्टर हुने भएकाले भत्ता लिन एकैपटक धेरै आउँदा लामो लाईन बस्नुपर्ने बाध्यता थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बैंकका शाखा प्रबन्धकहरुलाई बोलाएरै भत्ता वितरण सहज बनाउन आग्रह गरेको केही सातापछि प्रभु बैंकले घरमै पुगेर सेवा दिएको हो ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij