२०८३ साउन ९ शनिबार

मोर्चा र गठबन्धन आन्दोलनमा जाने, वैशाख ५ गतेदेखि बन्दै बन्द

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
6.3K
Shares
मोर्चा र गठबन्धन आन्दोलनमा जाने, वैशाख ५ गतेदेखि बन्दै बन्द

३ वैशाख, काठमाडौं । चुनावलाई बिथोल्ने उद्देश्यले मधेसी मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्मका आम हड्तालसहितका विभिन्न कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो।

मोर्चाको आइतबार बसेको बैठकले आफ्ना मागका बारेमा सरकार उदासिन रहेको आरोप लगाएको छ। सरकारले माग पूरा गर्नुको साटो औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको मोर्चाले जनाएको छ ।

उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।

बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ ।

संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij