काठमाडौँ, २२ पुस । जनउपयोगी बचत तथा ऋण सहकारी संस्था, बानेश्वरले आफ्ना सेयर होल्डरलाई १२ प्रतिशत बोनस बाँडेको छ ।
संस्थाको सातौँ साधारणसभाको अवसर पारेर सो बोनस बाँडिएको हो । संस्थाले रु पाँच करोड ६३ लाख बचत र रु पाँच करोड ७४ लाख ऋण लगानी गरेको सहकारीका अध्यक्ष सिलोनबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
साधारणसभामा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलगायतले हजारौं सहकारीका बीचमा जनउपयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छुट्टै पहिचान स्थापना गर्नुपर्ने बताउनुभयो । रासस