२०८३ भाद्र २३ मंगलबार

शौर्य बचत तथा ऋण सहकारीका अध्यक्ष पवन झा पक्राउ, सहकारी रकम हिनामिना र ठगीको अनुसन्धान

ई आर्थिक    बुधबार, असार ३१ २०८३
1.4K
Shares
शौर्य बचत तथा ऋण सहकारीका अध्यक्ष पवन झा पक्राउ, सहकारी रकम हिनामिना र ठगीको अनुसन्धान

विराटनगर : विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सप्तरी स्थायी घर भई विराटनगर महानगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय झालाई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका झाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। पक्राउपछि उनीमाथि सहकारीको रकम हिनामिना, सर्वसाधारणलाई ठगी तथा बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी मिश्रका अनुसार झाविरुद्ध विभिन्न व्यक्तिबाट ठगीसम्बन्धी उजुरीसमेत दर्ता भएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij