२०८३ साउन ८ शुक्रबार

शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए बचत फिर्ता, हालसम्म १,२१३ जनालाई रकम वितरण

ई आर्थिक    शनिबार, असार २७ २०८३
817
Shares
शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए बचत फिर्ता, हालसम्म १,२१३ जनालाई रकम वितरण

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका कुल १,२१३ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम वितरण गरिएको समितिले जनाएको छ।

समितिले आगामी दिनमा पनि बचतकर्ताको बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइने जानकारी दिएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य भइरहेको स्पष्ट पारेको छ।

समितिका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई वितरण गर्ने प्रक्रिया निरन्तर सञ्चालनमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij