२०८३ साउन ९ शनिबार

बनेपामा सहकारी बैंकको जोखिम व्यवस्थापन तालिम

ई आर्थिक    बुधबार, माघ १२ २०७३
9.4K
Shares
बनेपामा सहकारी बैंकको जोखिम व्यवस्थापन तालिम

काभ्रे । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा काभ्रपलाञ्चोक जिल्लामा रहेको सहकारी संघ संस्थाका प्रतिनिधिहरुलाई दुइ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम शुक्रवार सम्पन्न गरिएको छ ।

सहकारी संघ संस्थाहरुको आन्तरिक व्यवस्थापन, कर्जा लगानी र असुलीमा सरलीकरण तथा जोखिम व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

जिल्लामा क्रियाशिल वचत तथा ऋण, बहुउद्देश्यीय, कृषि लगायत विभिन्न प्रकृतिका सहकारी संघसंस्थाका सञ्चालक तथा व्यवस्थापकहरुलाई कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम दिइएको हो ।

तालिममा कर्जाको महत्व, कर्जाको प्रक्रिया, कर्जा उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघुकर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, लगानी, असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन लगायतका विषयमा जानकारी दिने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिममा बैंकका प्रवन्धक एवम् शिक्षा तथा तालिम विभाग प्रमुख नवराज उपाध्याय, सहायक प्रवन्धक तथा कर्जा विभाग प्रमुख प्रमोदकुमार घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

तालिम समापनका क्रममा बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी र सहायक महाप्रवन्धक हरिकृष्ण सापकोटाले तालिमलाई व्यवहारिक रुपमा प्रयोग गरी सहकारी क्षेत्रलाई पारदर्शी र व्यवस्थित गराउन आग्रह गर्नु भएको थियो । वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुमा कर्जा कारोबारको व्यवस्थापन अति महत्वपूर्ण रहेकोले तालिम उपयोगी हुने उहाँहरुको भनाइ थियो ।
तालिममा बनेपा क्षेत्रका ३० वटा सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बनेपा शाखाका प्रमुख सिद्धिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij