२०८३ साउन १४ बिहिबार

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट, लाखौंको क्षति

ई आर्थिक    शनिबार, बैशाख ९ २०८०
3K
Shares
काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट, लाखौंको क्षति

ई–आर्थिक, काठमाडौं । काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । शुक्रबार साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति एकिन भइनसके पनि लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij