२०८३ साउन १३ बुधबार

राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे ब्रिफिङ

ई आर्थिक    बुधबार, साउन १३ २०८३
95
Shares
राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा भएको घटनाका विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउँदै उक्त विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकका बारेमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

राष्ट्रपति कार्यालय वा रास्वपाले भेटवार्ताबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन्। यद्यपि पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij