काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो सुरक्षा अवस्था, सुनसरीमा साउन १० गते भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे समीक्षा गरेको हो।
बैठकमा देशको समग्र सुरक्षा अवस्थाको विश्लेषण गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ ।
त्यसका लागि सम्बन्धित सुरक्षा निकायहरूलाई थप समन्वय र सहकार्यका साथ अघि बढ्ने निर्णय गरिएको छ।
यस्तै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला पक्षसँग निरन्तर संवाद र सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।
बैठकले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गरी समयमै खोज, उद्धार तथा राहतका कार्यहरू सुदृढ बनाउने निर्णयसमेत गरेको हो।