२०८३ साउन १२ मंगलबार

काठमाडौंको कलंकीमा आगलागीमा परी बेपत्ता खोजी कार्य जारी, लाखौंको क्षति

ई आर्थिक    आइतबार, बैशाख १० २०८०
5.1K
Shares
काठमाडौंको कलंकीमा आगलागीमा परी बेपत्ता खोजी कार्य जारी, लाखौंको क्षति

ई–आर्थिक, काठमाडौं । कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् ।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन् ।

‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले भने, ‘परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुन्छ ।’

मानवीय लगायत लाखौंको क्षति भएको आंकलन गरिएको छ । यद्यपी क्षतिको एकिन विवरण प्राप्त भएको छैन । क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij