२०८३ साउन १४ बिहिबार

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, भोलि सानेपामा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने

ई आर्थिक    मंगलबार, साउन १२ २०८३
228
Shares
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, भोलि सानेपामा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिने

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

कांग्रेस नेता  श्रेष्ठको  निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गुमाएको कांग्रेस सभापति गगन कुमार थापाले बताए ।

श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण तथा लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो। स्याङ्जाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले नेपाली कांग्रेसको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी र मुलुकको राजनीतिमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो।

उहाँको निधनलाई नेपाली कांग्रेस र देशकै लागि अपूरणीय क्षति भएको भन्दै नेता–कार्यकर्ताले उहाँको निष्ठा, समर्पण, अनुभव र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताको उच्च सम्मान गरेका छन्।

श्रेष्ठको अन्तिम श्रद्धाञ्जली अर्पणका लागि पार्थिव शरीर भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij