२०८३ साउन १४ बिहिबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे सहित तीन मन्त्रीले लिए शपथ

ई आर्थिक    बिहिबार, कार्तिक ११ २०७८
2.2K
Shares
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे सहित तीन मन्त्रीले लिए शपथ

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेसहित तीन मन्त्रीले शपथ लिएका छन् ।

नेकपा समाजवादीका उपाध्यक्ष पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहबीच मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी मागे गरेबमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

पाण्डेले बिहीबार नै तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् । पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij