२०८३ साउन २० बुधबार

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

ई आर्थिक    सोमबार, साउन १८ २०७८
6K
Shares
नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

ई–आर्थिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष रु ३२ करोड १९ लाख ७९ हजार ८३७ र रिडी हाइड्रोपावर रु २८ करोड ८६ लाख ९२ हजार ४६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.९८, फस्ट माइक्रोफाइनान्स ९.०९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतले कमाए । यस्तै, नेपाल हाइड्रो डेभलपर ५.३३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०७, लक्ष्मी इक्विटी फण्ड ४.७८, हिमालयन पावर पार्टनर ४.८० र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लागेको छ भने आठ उपसमूहको ओरालो लागेको छ । लघुवित्त उपसमूह २.२२ प्रतिशत, लगानी उपसमूह १.७ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङको ०.०९ प्रतिशत बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij