२०८३ साउन ८ शुक्रबार

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री शाह

ई आर्थिक    सोमबार, साउन ४ २०८३
361
Shares
पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग आज (सोमबार) छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे हुने बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलगायत पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

बैठकबाट पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, धितोपत्र तथा बीमा क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत विषयमा साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij