२०८३ साउन २० बुधबार

एक हप्ताभित्रै दुई लघुवित्त कम्पनीमा लगानी गर्ने अवसर, जीवन विकास र मनकामना स्मार्टको सेयर निष्काशन हुँदै

ई आर्थिक    बुधबार, असार ९ २०७८
6.9K
Shares
एक हप्ताभित्रै दुई लघुवित्त कम्पनीमा लगानी गर्ने अवसर, जीवन विकास र मनकामना स्मार्टको सेयर निष्काशन हुँदै

ई–आर्थिक, काठमाडौं । लगानीकर्ताहरुलाई एक हप्ताभित्रै साधरण सेयरमा लगानी गर्ने अवसर प्राप्त हुदैछ । जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो । जीवन विकासले यही असार ११ गते र मनकामना स्मार्टले असार १७ गतेदेखि साधारण सेयर निष्काशन गर्न लागेका हुन ।

कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर संख्या मध्ये ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि उक्त लघुवित्तले जनाएको छ ।

बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते रहेको छ । प्रतिफलयुक्त सेयर भएकाले चाँडै असार १५ गते नै बन्द हुने निश्चित छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

कम्पनीको उक्त सेयर खरिदकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई आईपीओ निष्कासन गर्न जेठ ३० गते अनुमति दिएको थियो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटल लिमिटेडले गर्ने छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू। ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म जगेडा कोष रकम रू। १ अर्ब १८ करोड ३९ लाख १० हजार कम्पनीले जनाएको छ ।
लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

त्यस्तै मनकामना स्मार्टले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

यसमध्ये ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र१९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।

मनकामना लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij