२०८३ साउन १४ बिहिबार

क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा करेण्ट लाग्यो, २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

ई आर्थिक    शुक्रबार, जेष्ठ २८ २०७८
4.4K
Shares
क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा करेण्ट लाग्यो, २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

ई–आर्थिक, सोलुखुम्बु । सोलुखुम्बुमा क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा करेण्ट लागेपछि क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो घटनामा दुई घाइते भएका छन् । जिल्लाको पत्तालेको मुल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा उक्त घटना भएको थियो ।

सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सो क्रेनमा चारजना युवा सवार थिए ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।

ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

विगत केही वर्षयता निर्माणधीन अवरुथामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईनमा छुँदा दुर्घटना भएको हो ।

करेन्टका कारण गाडीमा समेत आगो लागे पछि क्षति पुगेको प्रहरीले जनाएको छ । हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij